१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएको ७९ औ शाखा सेसेल्समा

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७५, बुधबार २१:५८

लन्डन । गैर आबासिय नेपाली संघ (एनआरएनए) ले सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा मान्यता दिएको छ ।

गत हप्ता सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन ।

समितिमा उपाध्यक्ष मनोज बि.क, किशोर कुमार महर्जन,महासचिव कम्मान सिंह खत्री, सचिब बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रबक्ता एकराज सुवेदी रहेका छन ।

त्यसै गरि सदस्यहरुमा चेतमान कुवर, आइन्द्र लिम्बू, बिष्णु महतो, रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन ।

संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार सेसेल्स अफ्रिकाको १७ औ राष्ट्रिय समन्वय समिती हो ।

अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय गन्तब्य मध्य पनि एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उधोगमा कार्यरत छन ।

अफ़्रिकि मुलुक सेसेल्स, अफ्रिकाको सबै भन्दा बढी प्रती ब्यक्ती आय भएको र थोरै जनसंख्या भएको देश हो ।