१२ बैशाख २०८१, बुधबार
Follow Us

महिला संघमा देउवा र पौडेल पक्षको भिडन्त

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७३, शुक्रबार ०६:३४

काठमाडौं । शुक्रबार बिहान ९ बजेदेखि हुने भनिएको महिला संघको नेतृत्व छनोटको निर्वाचन ११ बज्दा पनि सुरु हुनसकेको छैन । प्राविधिक कारणले गर्दा केही ढिलाइ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान ढिलो सुरु भएकाले अपरान्ह २ बजे निर्वाचन सक्ने कार्यतालिकामा फेरबदल हुनसक्ने बताइएको छ ।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट बेग्लाबेग्लै उम्मेदवारहरु चुनावी मैदानमा छन् । देउवा पक्षले उमा रेग्मी र पौडेल पक्षले मीना पाण्डेलाई नेतृत्वका लागि अघि सारेको छ । ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिले बिहिवार एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारको नामावली यस्तो छ–
compile