१३ बैशाख २०८१, बिहीबार
Follow Us

शिक्षकद्धारा आफ्नै ८ छात्रामाथि यौन दुव्र्यवहार ! आन्तरिकरुपमा घटना मिलाउने निहुमा छिपाउने प्रयास

sarusaru
४ आश्विन २०७५, बिहीबार ०२:५७

म्याग्दी – म्याग्दीका एक शिक्षकले आफूले पढाउने विद्यालयका छात्राहरुप्रति यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयका शिक्षक यामवहादुर जिसीले कक्षा ३, ४ र ५ मा अध्ययनरत ८ जना छात्राहरुलाई यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको हो ।
शिक्षक जिसीले कक्षा ३ का एक, कक्षा ४ का दुई र कक्षा ५ मा पढ्ने ५ जना छात्राहरुलाई पुस्तकालय, शौचालय र कक्षा कोठामा समेत यौन दुव्र्यवहार गर्ने गरेको पीडित छात्रा र उनीहरुका अभिभावकहरुबाट जानकारी पाएपछि आफूले शिक्षक जिसीसंग सोधपुछ गर्नुका साथै अनुसन्धान गर्न समय लागेकोले ढिला गरी उक्त घटना सार्वजनिक भएको विद्यालयका प्रधानाध्यापक प्रेमवहादुर कार्कीले बताए ।
प्रअ कार्कीका अनुसार जिसीले पछिल्लो पटक भदौ २१ गते पनि छात्राहरुलाई यौनजन्य दुव्र्यवहार गरेका थिए । तर, उक्त घटना भदौ ३१ गते मात्र सार्वजनिक भएको थियो । जिसीले पीडित छात्राहरुका संवेदनशील अंगमा छुने, चिमोट्ने, मुसार्ने र त्यसो गर्न नदिएमा रिसाउन गरेको गुनासो पीडित छात्रा र उनीहरुका अभिभावकहरुबाट आएको प्रअ कार्कीले जानकारी दिऐ । तर एक हप्तासम्म पनि त्यति ठूलो र संवेदनशील घटनाको बारेमा विद्यालय व्यवस्थापन समितिलाई प्रअ कार्कीले कुनै जानकारी नै नदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

घटनाको बाहिरबाटै जानकारी पाएपछि आइतवार स्थानीय जनप्रतिनिधिको रोहवरमा विद्यालयका शिक्षक, पीडित छात्रा र उनीहरुका अभिभावकहरुसंग आकस्मिक बैठक वसी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्कीले वडाअध्यक्ष हिरावहादुर थापामार्फत प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुखलाई घटनाको बारेमा मौखिक जानकारी गराएको बताए ।
पीडित छात्राहरुले शिक्षक जिसीबाट आफूहरुमाथि पटक पटक दुव्र्यवहार हुने गरेको बताउँदै शिक्षक जिसीलाई कारबाहीको माग गरेका छन् । शिक्षक जिसीलाई विद्यालय व्यवस्थापन समितिले कारबाही नगरेमा आफूहरु त्यस विद्यालयमा नपढ्ने चेतावनी पीडित छात्राहरुले वताएका छन । पीडित छात्राका अभिभावकहरुले पनि शिक्षक जिसीलाई कारवाही नगरी विद्यालयमा राखेमा आफ्ना नानीबाबुहरु विद्यालयमा नपठाउने चेतावनी दिएका छन् ।

त्यसैगरी महिला मानवअधिकारकर्मी ज्योति लामिछानेले घटना साँचो ठहरिएमा पीडक शिक्षकमाथि कारबाही हुनेपर्ने मागगर्दै घटनाको सत्यतथ्य विवरण बाहिर आउनुपर्ने बताईन ।
घटनाको विषयलाई लिएर बुधवार विद्यालयमा आयोजना गरिएको छलफलमा शिक्षक जिसीले आफूले नियतवस त्यस्तो गल्ती गरेको नभई अनजानमा गल्तीहुन पुगेको स्वीकार गर्दै विद्यालय व्यवस्थापन समितिले गर्ने निर्णयलाई आफूले मान्ने बताएका छन ।
बुधवार विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, स्थानीय वासिन्द, पीडित छात्राहरुका अभिभावक, छात्रा र विद्यालयका शिक्षकहरु सहभागि बैठकले शिक्षक यामवहादुर जिसीले बालबालिकाहरुप्रति अशोभनीय दुव्र्यबहार गरेको ठहरगरीे शिक्षक जिसीलाई विद्यालयको हितलाई ध्यानमा राखेर असोज १३ गतेसम्म सरुवा हुने वा अन्य उपयुक्त विकल्पको छनोट गरी निकास दिन निर्देशन सहितको जानकारी गराउने निर्णय गरेको छ ।
यसैविच, विद्यालयका प्रधानाध्यापक प्रेमवहादुर कार्कीले विद्यार्थीलाई दुव्र्यवहार गर्ने शिक्षक यामवहादुर जिसीलाई विद्यालयमा आन्तरिकरुपमा घटना मिलाउने निहुमा छिपाउने प्रयास गरेकाले प्रअ कार्कीको सहमतिमा अर्को सक्षम र योग्य प्रअको नियुक्ति गर्ने निर्णय गरेको छ ।