७ बैशाख २०८१, शुक्रबार
Follow Us

चालकहरुको आन्दोलनले राजधानी बाहिर सवारी साधन ठप्प

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७५, बिहीबार ०७:२२

काठमाडौँ । सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले राजधानी बाहिर सेवा ठप्प पारेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरी ल्याएको कानुनी प्रावधानहरु संशोधन गर्नुपर्ने माग राख्दै चालकहरुले सवारी साधन ठप्प पारेका हुन् ।

चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलित भएको हो । गुल्मी, रुपन्देही, कपिलबस्तु लगायतका जिल्लामा सार्वजनिक यातायातका सवारी साधन नचलेपछि जनजीवन प्रभावित बनेको छ ।

चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग पनि ठप्प भएको छ । चालकहरुको आन्दोलनले बिभिन्न जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।