७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनसरीमा गोली हानी प्रधानाध्यापक अन्सारीको हत्या

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७५, बिहीबार ०८:२८

काठमाडौं । सुनसरीमा प्रधानाध्यापकको गोली प्रहार गरी हत्या गरिएको छ । भारतीय मोटरसाइकलमा चढेर आएका चार जनाको समुहलेहरिनगरा २ स्थित रामनगर भुताहामा रायन बोर्डिङ स्कुलका प्रधानाध्यापक खुर्सीद मियाँ अन्सारीमाथी गोली प्रहार गरी हत्या गरेको हो ।

भारतीय नम्बर प्लेट रहेको दुई वटा मोटरसाइकलमा आएका चार आक्रमणकारीले प्रधानाध्यापक अन्सारीमाथी गोली प्रहार गरेका थिए । टाउकोमा चार वटा गोली लागेका अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो । गोली प्रहार गरी भारततर्फ भाग्दै गर्दा आक्रमणकारीहरुले नेपाल प्रहरीमाथी समेत गोली प्रहार गरेको बताइएको छ । गोली लागी एक प्रहरी जवान घाइते भएका छन् ।