७ बैशाख २०८१, शुक्रबार
Follow Us

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सरकार तयार : ओली

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७५, बिहीबार १४:०५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार काठमाडौमा नेपाल निर्माण व्यवसायी महासंघको २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले ऐन कानुनमा केहि कमी कमजोरी भए संसोधन हुने बताएका हुन ।
उनले देश र जनताका आवश्यकताका आधारमा संबिधान संसोधन हुने बताए । मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार स्वीकार्य नहुने उनको भनाइ थियो ।
कार्यक्रममा ज्येष्ठ निर्माण व्यवसायी कृष्णभक्त मानन्धर लगायतलाई सम्मान गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।