१५ बैशाख २०८१, शनिबार
Follow Us

आन्दोलनका कारण रक्सौलमा आठ सय ट्याङ्कर रोकिए

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७५, बिहीबार १४:३१

काठमाडौं । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण आज तेस्रो दिन पनि देशका विभिन्न स्थानका सार्वजनिक यातायात ठप्प छन् । समितिको आन्दोलनका कारण प्रदेश– २ का जिल्लाहरु बढी प्रभावित बनेका छन् । प्रदेश–२ का जिल्लाहरुमा सार्वजनिक साथै नीजि सवारी साधनहरुसमेत ठप्प बनेका छन् । चालकहरुको आन्दोलनकै कारण भारतको रक्सौलमा आठ सय ट्याङ्कर रोकिएका छन् । जसले गर्दा देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक सवारी चलाउने चालकहरुले मंगलबारबाट सवारी नचलाउने घोषणा गरेका हुन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेकोप्रति चालकहरुले असन्तुष्टि जनाएका छन् ।