६ बैशाख २०८१, बिहीबार
Follow Us

इन्जिनियर्स एसोसिएसनको चुनाव हुँदै

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७३, शुक्रबार ०७:००

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्का सदस्यको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटाँैडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकै दिन निर्वाचन हँुदैछ । काठमाडौमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ८ बजेदेखि निर्वाचन भईरहेको निर्वाचन समितिका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार निर्वाचनको समय अहिले बिहान ८ देखि बेलुका ६ बजेसम्म राखिएको छ । तीन वर्षका लागि हुन थालेको निर्वाचनमा अध्यक्षका लागि प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक इन्जिनियर्स समूह हरेराम श्रेष्ठ र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह डा जगतकुमार श्रेष्ठ तथा अन्य समूहबाट लक्ष्मीप्रसाद देवकोटा र रवीन्द्र फुर्जु नयाँ नेतृत्वका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्य तथा परिषद्मा पाँच गरी कुल २० जनाको निर्वाचन हुँदैछ । निर्वाचनमा कार्यकारणी समितिमा ७५ र परिषद् सदस्यका लागि २२ जनाले उम्मेदवारी दिनुभएको छ ।

विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार १३५ मतदाता रहेको निर्वाचन समितिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले निर्वाचन सम्पन्न भइसकेपछि मतगणना आजै हुने जानकारी गराउनुभयो ।