१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रिन्स माइकेलको उपस्थितीमा लण्डन दूताबासमा संविधान दिवस (फोटो/भिडियो)

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७५, बिहीबार २१:१३

लण्डन । लण्डनस्थित नेपाली दूताबासले एक समारोहका बीच चौथो संविधान दिवस भव्य रुपमा मनाएको छ । बिहीवार लण्डनस्थित नेपाली दुतावासमा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा प्रिन्स माइकेल अफ केन्ट उपस्थित भए । केन्ट नेपाली दुतावास भवनमा उपस्थित हुदाँ वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले स्वातगत गरेका थिए । नेपाल सरकारले संविधान दिवसलाई नेसनल डेको रुपमा मनाउदै आएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रिन्स माइकेलले नेपाल र वेलायतको सम्वन्ध बहुआयामिक रहेको चर्चा गरे । माइकेलले छिट्टै नेपालको भ्रमण गर्ने इच्छा रहेको जानकारी समेत कार्यक्रममा दिए । उनी एसियाली बालबालिकाको हितका लागि काम गर्ने एक कल्याणकारी संस्था केयर फर चिल्ड्रेनसंग आवद्ध छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको संविधानले, सुशासन, दिगो शान्ति, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने विश्वास दिलाए । वेलायतस्थित अधिकांस नेपाली संघसँस्थाका प्रतिनिधीहरु लगायतको बाक्लो उपस्थिती रहेको कार्यक्रमको संचालन नेपाली

दुतावासका प्रवक्ता शरदराज आरणले गरेका थिए । कार्यक्रममा गोर्खा ब्रिगेड ब्यान्डका सदस्यहरुले खुकुरी नाच लगायत विविध सांस्कृति कार्यक्रमको समेत प्रस्तुत गरिएको थियो। सोही अवसरमा प्रिन्स माइकेलले नेपाल सम्बन्धि चित्रकला प्रदर्सनी समुदघाटन गरे ।