४ बैशाख २०८१, मंगलवार
Follow Us

उपत्यकामा पेट्रोलियम पदार्थको अभाव

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७५, शुक्रबार ०७:३३

काठमाडौं । ट्याङ्कर चालक आन्दोलनमा उत्रिएपछि उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । नेपाल आयल निगम सम्बद्ध चालकले नियमित ढुवानीमा अवरोध गर्दा इन्धन अभाव देखिएको हो । चालकले मंगलबारदेखि ट्यांकर सञ्चालनम अवरोध गरेपछि इन्धन अभाव सुरु भएको हो ।

चालक र ढुवानीकर्ताले दुई दिनदेखि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धन अभाव देखिएको आयल निगमले जनाएको छ । चाडपर्वको मुखमा पेट्रोल अभाव भएपछि उपभोक्ता आक्रोशित देखिएका छन् ।

चालक र ढुवानीकर्ताको अवरोध गरेपनि निगमले कारवाही गर्न सकेको छैन । केही समयअघि निगमसँग पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज बनाउने सहमति गरेपनि त्यस विपरित चालकहरुले ढुवानीमा अबरोध गरेका हुन् ।