१३ बैशाख २०८१, बिहीबार
Follow Us

अन्सारीको हत्याको विरोधमा स्थानीय आन्दोलित

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७५, शुक्रबार ११:०९

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मौलाना खुर्शिद अन्सारीको हत्याको विरोधमा स्थानीय आन्दोलित भएका छन् । हत्याको विरोधमा स्थानीयले आज विहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले भुटाहा प्रहरीचौकीमा तोडफोडको प्रयास पनि गरेका छन् ।

उनीहरुले हत्यारा पक्राउ र शान्ति सुरक्षा कायम गर्न प्रशासन समक्ष माग गरेका छन् । प्रदर्शनकारीले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, आश्रित परिवारको पालनपोषणको ब्यवस्था गर्नुपर्ने माग पनि राखेका छन । स्थानीयले बिहीबार पनि हत्याको विरोधमा प्रदर्शन गरेका थिए ।

हरिनगर गाउँपालिकामा अवस्थित रैयान नेशनल स्कुलका संस्थापक अन्सारीको बिहीबार दिनदहाडै बिच बजारमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । उनीमाथि स्कुलबाट घर फर्कँदै गरेको अवस्थामा गोली प्रहार भएको थियो । सुनसरी प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।