१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्माण व्यवसायी महासङ्घमा उम्मेदवारी घोषणा

sarusaru
५ आश्विन २०७५, शुक्रबार १३:५६

काठमाडौँ – नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घको आसन्न ११ औंँ अधिवेशनमा निर्माण व्यवसायी रवि सिंहले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छ ।

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले निर्माण व्यवसायीको हक हितका साथै गुणस्तरीय सेवा र यस सेवामा देखिएका कमी कमजोरीलाई सच्याउनेतर्फ आफनो ध्यान केन्द्रित हुने बताउनुभयो ।

यसैगरी सिंहकै नेतृत्वमा महासङ्घका वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे र महासचिवमा हुमनाथ कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो । त्यस्तै उपाध्यक्षहरुमा प्रदेश नं ३ बाट पेम्बा लामा, प्रदेश नंं. ४ बाट राजेन्द्र पहाडी, प्रदेश नं. ५ बाट रुद्र शर्मा, प्रदेश नं. ६ बाट रत्न खड्का र प्रदेश नं. ७ बाट टेकबहादुर सेठ्ठीले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो ।

यसैगरी उप–महासचिव पदमा सूर्य तिमिल्सिना, कोषाध्यक्षमा हिरण श्रेष्ठ र सह–कोषाध्यक्षमा सरस्वती कार्कीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो । प्रदेश नं. १ र प्रदेश नं. २ को उपाध्यक्ष पदका लागि छलफल भइरहेकाले अहिले नै उम्मेदवारी तय नभएको सिंहले जानकारी दिनुभयो
रासस