१२ बैशाख २०८१, बुधबार
Follow Us

आइतवार गोल्डेनसीपमा सिर्जु र कलाको दोहोरी धमका

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७५, शुक्रबार २३:०२

लन्डन । नेपालका चर्चिक गायिकाहरु सिर्जु अधिकारी र कला लम्सालले लन्डनमा विषेश प्रस्तुती दिने भएका छन् ।

आइतवार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आफ्नो कला प्रस्तुत गर्ने भएका छन् । हाल बेलायत टुरमा रहेका दुई कलाकारसहित गायक बालचन्द्र बरालले यही आइतबार सांझ गोल्डेनसीपमा लोक दोहोरी प्रस्तुत गर्न लागेका हुन् ।

यतिखेर बेलायतका विभिन्न शहरमा गायन प्रस्तुत गर्न व्यस्त गायिकाद्वय र गायक बरालले कार्यक्रममा दर्शकको रोजाइ र माग अनुसार दोहोरी प्रस्तुत गर्ने आयोजक देव गुरुङले जानकारी दिए ।

सिर्जु र कलाले शान्ति नेपाली समाज बेलायत, नेपलिज ब्रिटिश कम्युनिटी यूके, धादिङ नुवाकोट समाज यूके, हाम्रो नेपाली समाज, लन्डनस्थित नेपाली दूतावास लगायतका आधा दर्जन बढि कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।
गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक गुरुङले कार्यक्रममा आएर मनोरन्जन लिन सबैलाई निम्तो दिएका छन् ।