१२ बैशाख २०८१, बुधबार
Follow Us

अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीयद्वारा प्रहरी विरुद्ध प्रदर्शन

sarusaru
६ आश्विन २०७५, शनिबार ०३:३९

दुधौली, सिन्धुली । शुक्रबार सिन्धुलीको दुधौली नगरपालिका वडा नं. २ हत्पते भलुवाहीको प्रहरी चौकी दिनभर तनाबग्रस्त रह्यो।

रोजगारीका लागि नेतृत्व विकास तालिम दिने भन्दै देशका विभिन्न जिल्लाका युवायुवतीलाई फसाउन खोज्ने एक जना अपराधीको बिरुद्धमा स्थानीयहरुले प्रदर्शन गरिरहे। स्थानीयहरुले त्यो अपराधीको विरुद्धमा मात्र बोलेनन् की त्यसै चौकीका प्रहरी चौकीका सहायक निरीक्षकका बिरुद्धमा पनि नाराबाजी गरे।

स्थानीयले विरोध गर्दा हत्पते प्रहरी चौकी शुक्रवार दिनभर तनावग्रस्त मात्र होइन त्यो क्षेत्रको जनजीवन पनि प्रभावित बन्यो। शैक्षिक सामाग्री बितरण केन्द्रले कर्मचारी आव्हान गरेर हत्पतेको रतनपुर जंगलमा तालिमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेलधुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचविखन गर्न लागिएको समेत स्थानीयले बताएका छन्।

तालिमको आयोजना गर्ने केन्द्रका दिगम्बर शाहलाई प्रहरीले पक्राउ गरेको छ। हाल शाहलाई ईलाका प्रहरी कार्यालय डकाहामा राखी थप अनुसन्धान भैरहेको छ।

शाहको साथमा शैक्षिक सामाग्री केन्द्रको बैधानिकता खोजी गर्दा दिनेश कार्कीको नाममा रहेको पुस्तक पसल भएको खुल्न आएको २ नं. वडा अध्यक्ष रितेश राउते बताए। स्थानीयले आरोपितसंग प्रहरी चौकी हत्पतेका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नवल किशोर यादवको समेत मिलेमतोमा रहेको भन्दै प्रहरीको राजिनामाको समेत माग गरेका थिए। उता प्रहरीले भने कुनै पनि जवाफ दिएको छैन्।

बिहीबार साँझ पक्राउ परेका शाहसंग शुक्रबार बिहान प्रहरी सहायक निरीक्षक यादव चिया खान नजिकैको पसलमा गएपछि स्थानीय झनै आक्रोसित बनेको स्थानीय हरी गाँउलेले बताए। बिहान केही स्थानीयले छलफल गरी कारवाहीको माग गरेपछि पक्राउ परेका शाहलाई सहायक निरीक्षक यादवले यातायातका साधनमा भगाउन खोजेको स्थानीय पार्वती देवि भण्डारी (दहाल)ले बताइन्।

प्रहरी निरीक्षकले अपराधी भनिएका शाहलाई अर्कै ठाउँमा पठाउन खोजेको सुइको पाउनासाथ स्थानीयले सडकमा मुढा लगाएर गाडीलाई रोकेका थिए। दिनभर तनाबग्रस्त हत्पते प्रहरी चौकीमा पीडीत पक्षहरुलाई यातायात र खाना खर्च जम्मा १ लाख ७६ हजार ५ सय उपलब्ध गराएपछि मात्र भिँड शान्त भएको स्थानीयले जनाएका छन्।

तर स्थानीयले प्रहरी सहायक निरीक्षक नवल किशोर शाहलाई निल्मबन नगरे फेरी कडा विरोध गर्ने समेत बताएका छन्। जागिर मिलाउन जीवन विमा गराउन पर्ने समेत दिवम्बर शाहले भनेको र उस्कै आधारमा विमा गरेको एक पीडीत उदयपुरकी महिलाले नाम नबताउने सर्तमा सिटी एक्सप्रेसमा विमा गराएको कागजपत्र देखाउदै भनिन्, ‘काम पाउने लालचमा हामी बबार्द भयौँ।’

विमा गरेको कागजपत्र नक्कली रहेको प्रस्ट देखिन्छ। कागजपत्रमा कार्यालयको छाप समेत नभएको त्यो कागज फाइलमा देखिएको छ।