१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुई मोटरसाइकल एकआपसमा ठोक्किए : एकको मृत्यु, एक घाइते

sarusaru
६ आश्विन २०७५, शनिबार ०६:३८

लहान । सिरहाको जिरोमाइल-बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका-२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुसन यादवले जानकारी दिए।

सो घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका-५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे बताइएको छ।
डिसी नेपाल