८ बैशाख २०८१, शनिबार
Follow Us

सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गर्‍यो : कांग्रेस प्रवक्ता शर्मा

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७५, शनिबार १५:३७

नेपालगन्ज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संविधान कार्यान्वयनको सवालमा चुकेको बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले सरकार संविधानको पालना गर्ने र कार्यान्वयन गराउने शिलशिलामा धेरै ठाउँमा चुकेको दाबी गरेका हुन् । उनले संविधान दिवसलाई सरकारकै मन्त्रीले कालो दिवसको रुपमा मनाउनु बिडम्वना भएको पनि बताए ।

संसदमा सभामुख र उपसभामुख एउटै दलको राखेर सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको पनि शर्माको भनाइ थियो । उनले शान्ति सुरक्षा, प्रदेशको राजधानी र नामाकरणमा गरिएको ढिलासुस्ती, करबृद्धि लगायतका कारण सरकार आफै आलोचित बनेको पनि बताए ।