१२ बैशाख २०८१, बुधबार
Follow Us

परराष्ट्रमन्त्री डा. महत यूरोप आउने

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७३, शुक्रबार ०७:५६

लन्डन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यत तथा परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत यूरोप आउने भएका छन् । गैरआवासीय नेपाली सँघ बेल्जियमकाे अध्यक्ष गंगाधर गौतमका अनुसार महत २६ सेप्टेम्बरमा बेल्जियम आइपुग्ने छन् । उनीले २७ सेप्टेम्बरका दिन नेपाली जनसम्पर्क समिति होल्याण्डको महाअधिवेसनको उद्धघाटन गर्ने कार्यक्रमतय गरिएको छ ।
संयुक्त राष्ट्र संघको ७१ औं महासभामा भाग लिएर नेपाल फर्किनेक्रममा मन्त्री महत यूरोपस्थित पार्टीको भातृसंस्थाको कार्यक्रममा भाग लिन यूरोप आउन लागेका हुन् ।

गौतमका अनुसार मन्त्री महतले यूरोपस्थित नेपाली कुटनितीक नियोगका प्रमुखहरुलाई समेत निर्देशन दिने कार्यक्रमतय हुदैंछ । यस्तै डा महतको बेल्जियस्थित यूरोपियन युनियनका उच्च पदाधिकारीसंग भेटघाट तथा अन्तरकृया गर्ने योजना छ ।