१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेसको विधान पहिलो पार्टी बन्नेगरी संशोधन !

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७५, शनिबार १६:०८

काठमाडौं । नेपाली कांग्रेसले विधान संशोधनको प्रारम्भिक मस्यौदा तयार पारेको जनाएको छ । केन्द्रीय विधान संशोधन समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रारम्भिक मस्यौदा तयार भएको जानकारी दिए । समितिको बुधबार बसेको बैठकले प्रारम्भिक मस्यौदा सर्वसम्मतबाट पारित गरेको थियो ।

संयोजक खड्काले योपटक पार्टी पहिलो बन्नेगरी विधान संशोधन गरिने दाबी गरे । एक नम्बरको पार्टी बनाउन आवश्यक जनमुखी कार्यक्रम विधानमा समेटिने उनको भनाइ थियो । संयोजक खड्काले विधानमा बीपी कोइरालाका विचारलाई निरन्तरता दिँदै संघीयताबमोजिमका संरचनाहरु समावेश गरिने जानकारी दिए ।

प्रारम्भिक मस्यौदालाई सात प्रदेशका १२ स्थानमा छलफलका लागि लगिने जनाइएको छ । आगामी सोमबारदेखि शनिबारसम्म चल्ने छलफलकाबाट सुझाव प्राप्त भएपछि त्यसैलाई आधार मानी अन्तिम मस्यौदा तयार गरिने बताइएको छ ।