१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुर्घटनामा एकको मृत्यु

sarusaru
७ आश्विन २०७५, आईतवार ०६:५४

कावासोती – नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हँुदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफँै अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनुभएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्सा¨ी घाइते हुनुभएको छ । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

विद्युत् सर्ट हँुदा आगलागी

नवलपरासीको कावासोती नगरपालिका–८ मा आज बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
कावासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो ।

आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस