१४ बैशाख २०८१, शुक्रबार
Follow Us

थारु कल्याणकारिणीसभाको महाधिवेशन आजदेखि सुरु

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार ०६:१०

काठमाडौं । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन राष्ट्रियसभा गृहमा हुँदैछ ।

आयोजकका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उदघाटन गर्नु हुनेछ । बन्द सत्र भने भोलिदेखि गौशालास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ ।

महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि र पर्यवेक्षकहरु हिजै नै काठमाडौँ आइपुगेका छन् । थाकसका अनुसार प्रतिनिधि र पर्यवेक्षक गरी एक हजारभन्दा बढी महाधिवेशनमा सहभागी हुँदैछन् ।

महाधिवेशन सुरु हुनु अघि संघीय राजधानी काठमाडौंमा प्रभातफेरि निकालिएको छ । त्यस्तै, उद्घाटन सत्रमा विभिन्न जिल्लाबाट आएकाहरुले परम्परागत नृत्य प्रस्तुत, गर्ने आयोजकले जनाएको छ ।