१३ बैशाख २०८१, बिहीबार
Follow Us

एसपी विष्टका छोराले मोडल बनाइदिन्छु भन्दै निर्मलाको फोटो सुट गरेको खुलासा

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार ११:१३

काठमाडौँ । १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेक बाहिर आएको छ । आफ्नो जन्म दिनको अवसर पारेर होटल ओपेरा निर्मलालाई पनि बोलाएको र निर्मलालाई मोडल बनाइदिने झुटो लोभ देखाएर उनको फोटो सुट गरेका थिए ।

त्यसैले पनि कतिपय स्थानीयले घटनामा उनको संलग्नता समेत रहेको आशंका गरेका छन् । स्थानियको आशंका बढेपछि त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ । होटेलको सिसिटिभीको फुटेज यस अघि नै डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो ।

तर सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतको भनाइ छ । त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लगाइएको छ । होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको छ ।