१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरी जवानद्वारा आत्महत्या

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार १४:१९

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । आज बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैँले गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

आत्महत्या गर्नुका कारणबारे थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक थापाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाका बारेमा परिवारलाई जानकारी गराइसकेको र परिवार आएपछि मात्र शव परीक्षण गरिनेछ ।