१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महङ्गी विरुद्ध महिला सङ्घ

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७५, आईतवार १४:४०

काठमाडौं । नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसा र महङ्गीको विरोध गरेको छ । नेपाल महिला सङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा आज मुलुकमा पछिल्लो समय बढ्दै गएको बलात्कार, हत्या, हिंसा र बढ्दो महङ्गीको विरोध गरेको हो ।

बलत्कारीलाई कारबाही गर, बढ्दो महङ्गी नियन्त्रण गर, कानुनी राज्यको पालना गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाएर विरोध गरेको हो ।

काठमाडौँको माइतीघरबाट शान्तिपूर्णरुपमा शुरु भएको विरोध-याली बबरमहल पुगेर प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापनपत्र काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई बुझाएको थियो ।

महिला सङ्घ केन्द्रीय अध्यक्ष उमा रेग्मीले महिला हिंसाका दोषीलाई कारबाही गरेर पीडितलाई न्याय नदिएसम्म र महङ्गी नघटेसम्म महिला सङ्घले निरन्तर आन्दोलन गर्ने बताउनुभयो ।

महिला सङ्घ काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारवाही गर्नुपर्ने बताउनुभयो । महिला सङ्घले आज देशभर महिला हिंसा र महङ्गीको विरोधमा प्रदर्शन गरेको थियो ।