१२ बैशाख २०८१, बुधबार
Follow Us

इन्द्र गुरुङले सोमवार अल्डरशटमा दिमागको सर्भिसिङ गर्ने

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७३, शुक्रबार १४:२७

लन्डन । मेसिनरी चीज वा मोटर गाडी सर्भिसिङ गर्दा माइलेज बढ्ता र सरर गुडे, चले जस्तै मानिसलाई पनि बेला बेला दिमागको सर्भिसिङ आवश्यक छ । तर, यस्तो सम्भव छ त ? अवश्य छ यसको आइडिया लाइफ कोच इन्द्र गुरुङसंग ।

मानिसको हार्ट, इमोसन्स् लाई सर्भिसिङ (सफा) गर्न यूकेमा कार्यक्रम नै राखेका छन् गुरुङले । नेपाल ओलम्पिक कमिटीको साइकोलोजी एण्ड ब्रेन कोच र हग एण्ड हिलका संस्थापक गुरुङ अमेरिकी संस्था ह्यूमेन्स अफ आवर वल्र्डको एसिया एम्बेसेडर पनि हुन् । उनले दिने लाइफ कोचिङ धर्मसंग होइन, मनोविज्ञान र पूर्वीय दर्शनसंग सम्बन्धित छ ।

मनोविज्ञानले दिमागमा भएको जानकारीलाई इडिट, अपडेट वा प्रोसेस गर्ने बताउंछन् गुरुङ । पारिवारिक विचलन खेपेका वा डिप्रेसनमा गएकालाई काउन्सिलिङ र मानिसको क्रियटिभिटी बढाउन एक्जुकेटिभ कोचिङ गराइने समेत उनले जनाए । स्किल्स् एण्ड केयरले आगामी ११ सेप्टेम्बर आइतवार उनीसंग चाल्टर्न एथलेटिक फुटबल क्लव हलमा वर्कसप गर्ने भएको छ । 14317465_1166059563432364_8842628027002982177_n

यसबाहेक  १९ सेप्टेम्बर, सोमबार एम्पायर हल अल्डरसटमा पनि कार्यक्रम हुंदैछ । ‘मानिसको मेन्टल, फिजिकल र इमोशनल लेभलमा सर्भिसिङ (सफा) गराउनु पर्छ । त्यो अभ्यासबाट सम्भव छ’, गुरुङ भन्छन्, ‘२ देखि ७ दिनको वर्कसप गराउंछौं हामी ।’ भिजिनरी इन्टरनेशनलसंग आवद्ध गुरुङले आफ्नो संस्थाले नेपालमा भूकम्पपछि तीस हजार बढि भूकम्प पीडितलाई ‘साइकोलोजिकल फष्ट एड’ गराएको जनाए ।

भूकम्पबाट अति प्रभावित जिल्लाहरु गोरखा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौं आदिमा ‘हग एण्ड हिल’ अन्तर्गत ट्रमा हिलिङ गरिएको गुरुङले जानकारी दिए । २२ व्यापारिक घरानालाई पनि उक्त संस्थाले अहिले कक्षा दिइरहेको छ । उता, गुरुङ यूके आउनुको अर्को महत्वपूर्ण काम पनि छ ।

फायरवाक (आगोमा हिंड्ने) को लाइसेन्स लिन उनी यता आएका हुन् । क्याम्ब्रीजस्थित फायर वाक इन्सटिच्यूट अफ एजुकेशन एण्ड रिसर्चबाट लाइसेन्स लिन उनले ६ दिन लगातार १०, २० र १०० मिटर हिंड्नुपर्नेछ ।

नेपालमा तीन पटक आगोमा हिंडिसकेका उनी पहिलो नेपाली हुनेछन् फायरवाक लाइसेन्स लिने । ‘यसले मानिस मानसिक रुपमा बलियो हुन्छ’, उनी भन्छन्, ‘मानिसको पुरानो मा