४ बैशाख २०८१, मंगलवार
Follow Us

भारतीय प्रधानमन्त्री मोदी पाँचौं पटक नेपाल आउँदै

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७५, सोमबार ०६:०७

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर दोस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय समाचार एजेन्सी एएनआईले मोदी गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि नेपाल आउन लागेको जनाएको हो ।

एएनआईले मंसिर १२ र १३ गते मोदीले नेपालको नेपालको राजकीय भ्रमण गर्ने उल्लेख गरेको छ । मोदीको पछिल्लो चार वर्षमा हुन लागेको यो पाँचौ नेपाल भ्रमण हो ।

यही वर्ष हुन लागेको भने तेस्रो भ्रमण हो । मोदीले गत बैशाखमा जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए । भदौ महिनामा भएको बिमस्टेक सम्मेलनका क्रममा पनि उनी काठमाडौं आएका थिए । प्रधानमन्त्री केपी ओलीले मोदीलाई धेरैपटक लुम्बिनी भ्रमणको निम्ता दिइसकेका छन् ।