१४ बैशाख २०८१, शुक्रबार
Follow Us

असोज १० देखि अग्रिम टिकट बुकिङ खुल्ने

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७५, सोमबार ०६:१३

काठमाडौं । सरकार दस प्रतिशत भाडा बढाउन राजी भएपछि यातायात व्यवसायीले असोज १० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच यस्तो सहमति जुटेको हो ।

बैठकले सरकारको यातायात भाडा बृद्धि सम्वन्धी निर्णयको समिक्षा गर्नुका साथै टिकट बुकिङ खुल्ला गर्ने विषयमा औपचारिक निर्णय गर्ने यातायात व्यवसायीले बताएका छन् । असोज पाँच गतेबाटै बुकिङ खुल्ला गर्ने सहमति गरेका ब्यवसायीले पेट्रोलियम पदार्थको मुल्यबृद्धिलाई कारण देखाउदै त्यसलाई कार्यान्वयन गरेका थिएनन् ।

दशैंका लागि प्राइभेट कम्पनीमा दर्ता भएका बस सेवा सञ्चालकले भने केही दिनदेखि टिकट बुकिङ गरिरहेका छन् । समितिमा आबद्ध बस सेवा समितिले भने राष्ट्रिय यातायात व्यवसायी महासंघले निर्णय नगरेको भन्दै अहिलेसम्म टिकट बेचेका छैनन् । दशैं मनाउन करिव २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने ट्राफिक प्रहरीको अनुमान छ ।