६ बैशाख २०८१, बिहीबार
Follow Us

अधिनायकवाद शैलीलाई असफल बनाउन कार्यकर्तालाई देउवाको निर्देशन

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७५, सोमबार १०:३५

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै सरकारको हरेक गलत कदमलाई असफल बनाउन निर्देशन समेत दिनुभएको हो ।

मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउन समेत सभापति देउवाले आग्रह गर्नुभएको थियो । विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन काँग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको छ । विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानवीन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ ।