७ बैशाख २०८१, शुक्रबार
Follow Us

पुरस्कारको रकम मानव सेवा आश्रमलाई

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७५, सोमबार १४:५८

काठमाडौं । देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको ‘गोपालदास पत्रकारिता पुरस्कार’को रकममा देशसञ्चारका तर्फबाट रकम थप गरी मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी घिमिरेले आफूले पाएको पुरस्कार रकम रु एक लाख पाँच हजार र देशसञ्चारका तर्फबाट थप गरिएको रु ५२ हजार ५०० थरी रु एक लाख ५७ हजार ५०० मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उहाँलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट सम्मानित गर्नुभएको थियो । आज घिमिरेले मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई संस्थाकै कार्यालयमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गर्नुभएको हो ।