१३ बैशाख २०८१, बिहीबार
Follow Us

पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारका नाममा पक्राउ पुर्जी जारी

sarusaru
९ आश्विन २०७५, मंगलवार ०९:५२

काठमाडाैँ। दर्जनाैँ निर्माणकाे ठेक्का दिएर समयमा निर्माण सम्पन्न नगरेकाे अाराेप लाग्दै अाएकाे निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियार पक्राउ गर्न राैतहट जिल्लाले पक्राउ पूर्जी जारी गरेकाे छ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु पछि राैनियार विरुद्ध किटानी जाहेरी परेपछि उनी विरुद्ध पक्राउ पू्र्जी जारी गरिएकाे हाे। निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

उक्त घटनामा पप्पु कन्ट्रक्सनका अध्यक्ष रौनियारसमेत दोषी रहेको भन्दै मृतकका परिवारले किटानी जाहेरी दिएपछि रौतहट जिल्ला प्रहरी कार्यालयले उनीविरुद्ध कारबाही अघि बढाएको हो।

तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो। जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो। २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन। पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन।
डिसी नेपाल