१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पदाधिकारी र सदस्य बढाउन कांग्रेसमा सुझाव

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७५, मंगलवार ११:२२

काठमाडौं । केन्द्रीय विधान संशोधनको तयारीमा रहेको नेपाली कांग्रेसले मंगलबार पनि छलफललाई निरन्तरता दिएको छ । केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि कांग्रेसले सातै प्रदेशमा छलफल सुरु गरेको हो । यसैक्रममा प्रदेश नम्बर–३ स्तरीय छलफल केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

बैठकमा काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर जिल्लाका जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु सहभागी छन् । कांग्रसले सातओटै प्रदेशका विभिन्न १२ स्थानहरुमा बैठकको आह्वान गरेको हो ।

बैठकमा सहभागी नेताहरुले संघीय संरचनाअनुसारको विधान लागू गर्नुपर्ने, केन्द्रीय पदाधिकारी र सदस्यहरु बढाउनुपर्नेलगायतका सुझावहरु दिएका छन् । विधान संशोधन मस्यौदा समितिले विधान तयार पार्दा नेता वा व्यक्तिप्रधान नभइ समग्र पार्टीलाई अग्रगामी परिवर्तन गर्ने विधान तयार हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशस्तरीय छलफलपछि विधानलाई अन्तिमरुप दिइने समितिको योजना छ ।