८ बैशाख २०८१, शनिबार
Follow Us

तीन किलो सुनसहित टोखाबाट दुई जनालाई पक्राउ

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७५, मंगलवार १४:३३

काठमाडौं । काठमाडौंको टोखाबाट तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर, टेकुका अनुसार सोमबार साँझ टोखाबाट दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट तस्करी गरिएको तीन किलो सुन भेटिएको हो।

पक्राउ पर्ने रसुवाका पेम्बा लामा र नरबहादुर घले रहेको प्रहरीले जनाएको छ । अवैध सुनसहित पक्राउ गरिएका उनीहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ।