१५ चैत्र २०८०, बिहीबार
Follow Us

दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव

sarusaru
१० आश्विन २०७५, बुधबार ०५:५२

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको मङ्गलबार उद्घाटन गर्नुभयो । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीे किनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि भेरीगङ्गा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो ।

सबै धर्म संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । दाहसंस्कारस्थल निर्माणका लागि रकम जुटाउन यही असोज १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगङ्गा समझीघाट सांस्कृतिक धार्मिक महा–महोत्सव’आयोजना गरिएको हो । सबै धर्मालवम्बीको सहयोग र समन्वयमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति सुर्खेतका सयोजक छविलाल सिग्देलले जानकारी दिनुभयो । विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्दा वनजङ्गलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । महोत्सवमा इच्छुक दाताले भूमि तथा तुलादान गर्न सक्ने मूल आयोजक समितिले जनाएको छ ।
रासस