४ बैशाख २०८१, मंगलवार
Follow Us

श्रेयाको पनि बलात्कारपछि हत्या भएको निष्कर्ष

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७५, बुधबार ०७:२८

पोखरा । पोखरा महानरगपालिका २२ पुम्दीभुम्दीको कोदीमा १० वर्षीया बालिका मृत फेला परेकी छन् । मंगलबार हराईरहेकी स्थानीय श्रेया विकको खोल्सा छेउको झाडीमा शव फेला परेको हो । आज विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ ।

बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने विद्यार्थी हुन् । स्थानीयले भने बलात्कार गरेर हत्या गरेको बताएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै गरेको पोस्टमार्टम रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको देखिएको छ । ‘पोस्टमार्टममा भान्जीको योनांग सुन्निएको छ’, चिकित्सकहरुको भनाइ उद्धृत गर्दै मामा कृष्ण सुनारले ‘टाउको र शरीरमा चोट लागेको देखियो ।’

सोमबार साँझ करिब ६ बजेतिर १० वर्षीया श्रीया घरबाट बिस्कुट किन्न निस्केकी थिइन् । । राती अबेरसम्म पनि घर नफर्केपछि परिवारका सदस्यहरु खोजीमा लागेका थिए । तर, भोलिपल्ट मंगलबार बिहानै श्रीया घर नजिकै मृत अवस्थमा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कास्कीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । अनुसन्धानमा खटिएको टोलीले श्रीयाकै छिमेकीले बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको हो । प्रहरी स्रोतका अनुसार घटनापछि आधा दर्जनभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो ।

कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने बताएका छन् ।