१३ बैशाख २०८१, बिहीबार
Follow Us

शान्ति नेपाली समाज वेलायतको अध्यक्षमा थापा

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७५, बुधबार ०८:१३

लण्डन । शान्ति नेपाली समाज बेलायतले लिलबहादुर थापाको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ ।

यसअघि संस्थाको अध्यक्ष पदका लागि निवर्तमान कार्यसमितिका उपाध्यक्षद्धय भोजराज भण्डारी र सिता खरेलले दाबी प्रस्तुत गरेका थिए । तर सहमति निर्माणको प्रयासमा तेस्रो व्यक्तिका रुपमा लिलबहादुर थापालाई अध्यक्ष चुनिएको हो ।
बाग्लुगं जिल्लाबाट आएर वेलायतको सामाजिक काममा सकृय नवनिर्वाचित अध्यक्ष थापा संस्थाको स्थापनाकालदेखि अहिलेसम्म लगातार ६ वर्ष कोषाध्यक्षको जिम्मेवारीमा थिए ।
र्मिङ्गहम क्षेत्रमा बस्ने नेपालीहरुको यो संस्थाको सोमबार सम्पन्न अधिवेसनले थापा नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयां कार्यसमितिको उपाध्यक्षमा जयन्ती थापा र प्रेम घिमिरे, सचिवमा प्रविण खरेल, कोषाध्यक्षमा दिपक साहनी र सहकोषाध्यक्षमा तेज खत्री चुनिएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा कोपिला भुषाल, सिता पौडेल, पार्वती भण्डारी, मञ्जु पाठक, र टेकमान सिञ्जाली चयन भएका छन् ।

२१ सदस्यीय कार्यसमितिमा सहसचिव, प्रवक्ता र बांकी सदस्य भने पछि थप गरिने बताइएको छ ।

डा पुष्पदत्त उप्रेतीको संयोजकत्वमा शिव खरेल, गोमा पौडेल, गोविन्द खरेल र बरुण भण्डारी सदस्य रहेको निर्वाचन समितिले नयां कार्यसमिति निर्विरोध भएको घोषणा गरेको थियो ।

निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण ढकालले नेतृत्वका आकांक्षीहरुले गरेको त्यागबाट संस्थाको गरिमा थप उचो बनेको भन्दै उनीहरुको योगदानको लागि धन्यवाद ज्ञापन गरेका छन् ।

समाजको आधार क्षेत्र रहेको बर्मिङ्गहममा करिब १५ सय नेपालीको बसोबास छ । समाजको स्थापना सन् २०१२ मा भएको थियो ।