७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा ‘छक्का पन्जा ३’ प्रर्दशन हुने

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७५, बुधबार ०९:३४

लण्डन । दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ वेलायतमा प्रर्दशन हुने भएको छ । सो चलचित्रलाई नेपाली इन्टरटेन्टमेन्ट युकेले वेलायतमा प्रर्दशन गर्न लागेको हो । २० अक्टोवर शनिवारका दिन अल्डरशटस्थित प्रिन्सेस हलमा प्रर्दशन हुने ‘छक्का पन्जा ३’ को लागि टिकट खुल्ला गरिएको छ । टिकट दर २५ (भिआइपी) र २० (साधारण) पाण्उण्ड तोकिएको छ । अग्रिम बुकिगंको लागि भने दर २० (भिआइपी) र १५ (साधारण) पाउण्ड रहेको छ । चलचित्रलाई नेपाली इन्टरटेन्टमेन्ट युकेका अनिल मल्ल, विरेन खड्का, तर्क र्गर्जुजा, गेरे गुरुगं लगायतको युवा समुहको सकृयतामा वेलायतमा वितरण गर्न लागेका हुन् ।
‘छक्का पन्जा’ आफैमा एउटा ब्रांन्ड बनाउन सफल चलचित्र हो । साथै, यो चलचित्रलाई ब्रान्ड बनाउनमा यसका गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ । य
दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’ ‘पहिलो नम्बरमा’ बोलको गीत निकै चर्चा बटुल्न सफल भएको छ ।

चलचित्रमा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, दीपक शर्मा छन् । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत हरेका छन् ।
दीपा दिपकद्धारा निमार्ण गरिएका अघिल्ला चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’को जस्तै चर्चा पाउने कुरामा यसको निर्माणपक्ष ढुक्क छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको वताएको छ ।