७ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानमा नेवारी सांस्कृतिक प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७५, बुधबार १४:१९

काठमाडौं । जापानमा रहेका नेवारी समुदायको संस्था नेवा खलले नेवारी कला संस्कृति, रहन सहनको प्रवद्र्धन गर्दै जापानी संस्कृतिसँग एकाकार गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको छ ।

मङ्गलबार टोकियोको रिङ्काई उद्यानमा जापानवासी नेवार समुदायलाई एकताबद्ध गरी सांस्कृतिक वेशभूषाको प्रदर्शनीसहित नेवारी भोज कार्यक्रम आयोजना गरिएको हो । नेपालको सांस्कृतिक पहिचानलाई जापानमा परिचित गराउन जापानभर बसोबास गर्दै आउनुभएका विभिन्न पेशामा आबद्ध नेवार समुदायको सहभागितामा कार्यक्रम गरिएको टोकियोमा कार्यरत नेपाली वकिल डा बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यकममा नेवारी लोक नृत्य, पोशाक, गीत–सङ्गीत, धिमे बाजा, सम्मे बजी लगायतको प्रदर्शन पनि गरिएको थियो । नेपालीको सांस्कृतिक गतिविधिको जापानीले उत्सुकतापूर्वक अवलोकन गरेको नेवा खल जापानका अध्यक्ष प्रकाशलाल श्रेष्ठले बताउनुभयो ।