८ बैशाख २०८१, शनिबार
Follow Us

सहयोगी हुनु सबैभन्दा ठूलो धर्म : महामन्त्री कोइराला

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७५, बुधबार १४:२१

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताउनुभएको छ । भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले आज रत्ननगरमा आयोजना गरेको ह्विल चियर वितरण कार्यक्रममा उहाँले समुदायमा भिन्न परिचय भएका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । महामन्त्री कोइरालाले विदेश गएका युवाले गर्ने सेवाले नेपालको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपाली जनसम्पर्क समीति अस्टेलिया राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको अध्यक्षता रहेको कार्यक्रममा १० भिन्न परिचय भएकालाई ह्विल चियर वितरण गरिएको हो ।