१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले आज महासभामा सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७५, बिहीबार ०६:३४

काठमाडौं । यतिखेर प्रधानमन्री केपी शर्मा ओली न्युयार्कमा हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन न्युयार्क पुग्नुभएका प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । विश्वका शक्तिशाली देशका नेताहरूसँग भेटवार्ता गर्ने अवसर पाएका उहाँनिकटले जनाएको छ ।

प्रधानमन्त्री ओली मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो । उहाँले ट्रम्पसँग संक्षिप्त कुराकानी पनि गर्नुभयो । आज बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई उहाँले सम्बोधन गर्दै हुनुहुन्छ ।

बुधबार मात्रै प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेटसँग तथा कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेजसँग भेटवार्ता गर्नुभयो । उहाँले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि सोही अवसरमा भेट गर्नुभयो ।

एसिया सोसाइटीले बुधबार न्यु योर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक बहसमा पनि प्रधानमन्त्री ओली सहभागी हुनुभयो । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले सञ्चालन गरेको सार्वजनिक व्याख्यान कार्यक्रममा उहाँले सम्बोधन गर्नुभयो ।

महासभामा सम्बोधनपछि प्रधानमन्त्री ओली न्युयार्कबाट कोस्टारिकाको भ्रमणमा जाने कार्यक्रम छ । उहाँ असोज ६ गते २० सदस्यीय प्रतिनिधिमण्डसहित अमेरिकातर्फ प्रस्थान गर्नुभएको हो । प्रम ओली असोज १७ गते स्वदेश फर्किने कार्यक्रम छ ।