१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदको अधिवेशन आज अन्त्य हुँदै, महत्वपूर्ण विधेयक अलपत्र

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७५, बिहीबार ०७:५७

काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य हुँदै छ । आज दिउसो एक बजे बस्ने प्रतिनिधि सभा बैठक र दुई बजे बस्ने राष्ट्रिय सभा बैठकमा अधिवेशन अन्त्यको घोषणा हुने छ । प्रतिनिधि सभाको आजको बैठकमा दलका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूचि राखिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । गत बैशाख २३ गतेवाट शुरु भएको अधिवेशन करिव पाँच महिनामा अन्त्य हुन लागेको हो । संसदको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको छ । तर केही महत्वपुर्ण विधयेक भने अझै पारित हुन सकेका छैनन् ।

अधिवेशन अन्त्यसँगै नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फछ्र्योट, बिमासम्बन्धी महत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन । यी विधयेकहरु प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन् ।