१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए स्कटल्याण्ड राज्य परिषदको समितिको अध्यक्षमा कार्की

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७५, शुक्रबार ०७:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) स्कटल्याण्ड राज्य परिषदको समितिमा अध्यक्षमा मोहन कार्की चयन भएका छन् ।
लामो समय देखि विवादका कारण रोकिएको स्कटलेन्ड राज्य परिषदको नयाँ कार्यसमितिको टुग्गो लगाइएको गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले जनाए ।
अध्यक्षको लागि आकंक्षी भोला खनाल र यज्ञमुर्ति ढकालले कार्कीको नाममा सहमति जनाए पछि विवाद सकिएको हो । भोला खनाल र यज्ञमुर्ति ढकाल दुवै जना लाई गैर आवासीय नेपाली स्कटलेन्डका संरक्षक हुने भएका छन् ।
यसअघि एनआरएन युकेको एक टोली स्कटल्याण्ड पुगेर सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको थियो । नयाँ कायैसमितिपको उपाध्यक्ष नारायण पहारी, उपाध्यक्ष कासिराम भण्डारी, रहेका छन् । यस्तै सचिब कृष्ण दाहाल, सहसचिव दीवाकर पाण्डे, कोषाध्यक्ष धन ब के सी, सहकोषाध्यक्ष यदुमणि सापकोटा, सदस्यहरुमा राम प्रसाद बगाले, विजय मान डंगोल, उज्वल कार्की, गोबिन्द खरेल, सुशिला गैरे, लक्ष्मी शर्मा सापकोटा
भोजराज खरेल, अन्जली चापागाईं, बलराम पौडेल, डिलाराम गैरे, कृष्ण देवकोटा, मनिष खत्री चयन भएका छन् ।