१२ बैशाख २०८१, बुधबार
Follow Us

सुकीलाई दिएको मानार्थ नागरिकको सम्मान खारेज

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७५, शुक्रबार ०९:३८

क्यानडा । क्यानडाको संसदले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको मानार्थ नागरिकको सम्मान खारेज गरेको छ । रोहिंग्या अल्पसङख्यक मुस्लिम समुदाय विरुद्धको हिंसा नियन्त्रणका लागी पहल गर्न नसकेको भन्दै क्यानाडाले सम्मान खारेजको निर्णय गरेको हो ।

रोहिंग्यामाथि नरसंहार नभएको भन्दै मानवअधिकारवादी नेतृ सुकीले हिंसाको बचाउ गर्दै आएकी छिन् । क्यानडाले सुकीलाई सन् १९९१ मा सैनिक शासक विरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो ।

रोहिंग्या मुस्लिम समुदाय विरुद्ध भएको नरसंहारलाई लिएर पछिल्लो समय सुकीको आलोचना हुँदै आएको छ । संयुक्त राष्ट्रसंघले समेत रोहिंग्या मुस्लिम समुदायमाथि म्यानमारमा नरसंहार भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

रोहिंग्या मुस्लिम समुदायमाथि आक्रमण बढेपछि उनीहरु बंगलादेशमा शरण लिन पुगेका छन् । राष्ट्रसंघका अनुसार विस्थापित रोहिंग्याको संख्या सात लाखभन्दा बढि छ । म्यानमार सरकारले उनीहरुलाई पुर्नस्थापित गर्ने प्रतिबद्धता गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।