१३ बैशाख २०८१, बिहीबार
Follow Us

महिला संघमा देउवा पक्ष हाबी, लगभग क्लिनस्वीप

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७३, शनिबार ०३:४५

काठमाडौं ।  नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी हुनुभएको छ । रेग्मी देउवा पक्षकी हुन् । संघमा रेग्मीको प्यालनले सुविधानजनक बहुमत हासिल गरेको छ । रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो ।

यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गर्नुभएको छ ।

दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार)१२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी हुनुभएको थियो ।
कसले कति मत ल्याए-

jitne-ko-list

1

2

3

  • सिर्जना अर्यालबाट