७ बैशाख २०८१, शुक्रबार
Follow Us

मेघा प्रोजेक्ट अक्टोवरमा हस्तारन्तरण हुन्छन् : कुमार पन्त, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७५, शनिबार ०१:०१

लन्डन । गैरआवासीय नेपाली संघका मेघा प्रोजेक्टहरु आगामी अक्टोवर ११ मा हस्तान्तरण हुने भएका छन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले संघले संचालन गरेका लाप्राक, शंखमुल, एनआरएन भवन लगायतका परियोजना अक्टोवर महिना भित्र सम्पन्न गर्ने लक्ष लिइएको जनाए । पन्तले शनिवार लण्डन विमानस्थलमा पत्रकारसंग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।
उनले भने ‘११ अक्टोवरमा एनआरएनएको कार्यालय जसरी पनि सर्नु पर्छ भनेर ठेक्दार कम्पनीलाई दवाव दिएका छौ कम्पनीले सकृय भएर काम गरिरहेको छ । दिनमा ५५ जनाको टोलीले भवन निमार्णको काम गरि रहेको छ, पछिल्लो कामको प्रगति हेर्दा एनआरएन भवन समयमै सकिन्छ भन्ने देखिएको छ ।’ उनले शंखमुल पार्कको हस्तान्तरण पुर्वनिर्धारित कार्यक्रम भएको वताए ।

पन्त गैर आवासीय नेपाली संंघ युकेको शनिबार हुने पाचौं काउन्सिल बैठकमा सहभागी हुन लण्डन आएका हुन् ।

पन्त शुक्रवार लण्डनस्थित हित्रो विमान स्थलमा उत्रिदा बेलायतस्थित गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो । पन्तलाई स्वागत गर्न गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिररजिवी ढकाल, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष शेर सुनार, आइसीसी सदस्य रामशरण सिम्खडा, नेकपाका नेता राजेन्द्र पुडासैनी, समाजसेवी कृष्ण तिमल्सिना, हिराधन राई, बिजन भटट, थर्क सेन, बिरेन खड्का, हेम गुरुङ, रोजिना प्रधान राई, उपमहासचिव विनय अधिकारी, धर्म विभाग संयोजक होमनाथ पौडेल, लगायतको उपस्थिती थियो ।

एनआरएनए युकेको काउन्सिल बैठकमा करिब २ सय संघसँस्थाहरु सहभागी हुने अपेक्षा गरिएको छ । अल्डरसटस्थित एम्पायर हलमा हुने बैठकको तयारी पुरा भएको गैरआवासीय नेपाली संघ युकेले जनाएको छ ।