७ बैशाख २०८१, शुक्रबार
Follow Us

ढिस्कोले पुरिएर महिलाको मृत्यु

sarusaru
१३ आश्विन २०७५, शनिबार ०३:५१

उदयपुरको रौतामाई गाउँपालिका–६ स्थित बोलुङखा चिसापानीको निकास भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा शुक्रबार दिउँसो एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घर पोत्ने माटो खन्न गएकी रौता–६ की ५९ वर्षीया मधुमाया रायको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । यस्तै स्थानीय ३४ वर्षीय सुवास विक, ५२ वर्षीय तिलक कार्की र १३ वर्षीया बबिता बस्नेत घाइते भएको पनि प्रहरीले बताएको छ ।
रासस