१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेसद्वारा अनिश्चितकालिन धनगढी बन्दको आह्वान

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७५, शनिबार ०६:३१

धनगढी । प्रदेश ७को राजधानी गोदावरी बनाईएको विरोधमा कैलालीको धनगढी आज पनि बन्द छ । शुक्रबार सुदुरपश्चिम प्रदेश सभाले प्रदेशको राजधानी गोदावरी बनाउने निर्णय गरेपछि कांग्रेसले यसअघि घोषणा गरिएको अनिश्चितकालिन धनगढी बन्दलाई निरन्तरता दिएको हो । बन्दकर्ताहरुले धनगढीका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन गरेका छन् ।

धनगढी बजार बन्द छ भने सवारी साधनहरु पनि चलेका छैनन् । पूर्वाधार बनिसकेको धनगढीलाई बेवास्ता गरेर वन फँडानी गरी नयाँ ठाँउमा भौतिक संरचना बनाउन नहुने कांग्रेसको माग छ । प्रदेशको नाम सुदूरपश्चिम स्वीकार गरेको कांग्रेसले राजधानी धनगढी हुनुपर्ने माग गर्दै आएको थियो ।