७ बैशाख २०८१, शुक्रबार
Follow Us

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७५, शनिबार ०६:३७

काठमाडौ । तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटामा ३० बर्षीया मन्थली नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे ।

श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरीसमेत थिइन् ।

सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे । मन्थलीले खुसीको दिन आएजस्तो गर्न थालिन् ।

झड्केलो छोरीलाई भए पनि लिम्बुले  नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ बर्षीया जावलाखेल ( नाम परिवर्तन) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् । समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो ।

एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् । भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखमा राखेर माया साटिन् ।

तर उनको खुसीको क्षण केहिबेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुब्र्यबहार र मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन् । होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाईन् ।

उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् । कक्षा पाँचमा अध्ययनरत उनी कक्षा ३ मा पढ्दाका पनि लिम्बुबटै बलात्कृत भएकी रहिछन् ।