६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएनको माग र इच्छा अनुरुपको नागरिकताको व्यवस्था गरिएको हो – प्रधानमन्त्री ओली

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७५, शनिबार ०९:५२

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीको माग, इच्छा र आग्रह बमोजिम संविधानमा गैरआवासीय नागरिकताको व्यवस्था गरिएको वताए ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै राजनीतिक बाहेक सबै अधिकार प्रयोग गर्न पाउने गरि नागरिकताको व्यवस्था गरिएको वताएका हुन् ।

सरकारले राम्रो गरेको भए पनि केहि तत्व बिरोधमा लागेको प्रधानमन्त्रीको भनाई छ । सरकारको बिरोध गर्ने र कुप्रचार गर्ने काम गर्नेहरुले भ्रम फैलाउन खोजे पनि सरकारले दिर्घकालिन र बर्तमान पनि राम्रा योजना लिएर अगाडि बढेको दावी गरे ।

गैर आवासीय नेपालीहरुले खोजेका सबै अधिकार प्राप्त गर्ने कुरामा बिश्वस्त हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले देशमा लगानी गर्न समेत आग्रह गरे । आफु अमेरिकामा आएको बेला नेपालमा माधव नेपाल लगायतका नेताले देश डुब्न लागेको भनेको भनाई प्रति प्रधानमन्त्री ओलीले आफु आए पछि ठिक हुने बताए ।