१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा कडा

sarusaru
१४ आश्विन २०७५, आईतवार ०४:५०

काठमाडौं–देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ ।
केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।

मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभित्र रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ । उक्त गणले घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको हो ।

महानगरीय सुरक्षा गण सिंहदरबारका एक प्रहरी अधिकृतले भने– ‘अब सिंहदरबारभित्र २४ सै घण्टा सुरक्षा प्रदान गरिन्छ, मन्त्रीका स्वकीय सचिव कुटिएपछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा थप घुम्ती टोली परिचालन गरिएको छ ।’

सिंहदरबारभित्र बीस जनाभन्दा बढीको डेलिकेसन आएको अवस्थामा उक्त टोलीले निगरानी गर्ने भएको छ । मन्त्रालयभित्र विभिन्न काम लिएर सर्वसाधारणको भीड लाग्ने गरेको छ । मन्त्रालयभित्र मन्त्रीका स्वकीय सचिवहरुले फोन गर्नासाथ प्रहरीको घुम्ती टोली पुग्ने गरेको महानगरीय सुरक्षा गणले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।