१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एक ढिक्का बनाउछु : देउवा

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७५, आईतवार १३:१३

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी एकतामा जोड दिएका छन् । नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढन आफु लागि परेको बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री शंशाक कोइरालाले कम्युनिष्ट नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । लोकतान्त्रिक समाजवाद उत्कृष्ट विचार भएको उल्लेख गर्दै महामन्त्री कोइरालाले कम्युनिष्टको जनमतलाई दश प्रतिशतमा पुर्याउन सबैले एक भएर अघि बढनुपर्ने बताए ।

कार्यक्रममा युवा उद्योगी जनक धामी, प्राध्यापक भैरबबहादुर विष्ट लगायतका व्यक्तिहरुलाई समितिले सम्मान गरेको थियो ।