१६ चैत्र २०८०, शुक्रबार
Follow Us

माओवादी पूर्वलडाकु तरुण दलको जिल्ला सभापति !

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७३, शनिबार ०५:५५

गोरखा । गोर्खा जिल्ला ताक्लुंग गा.बि.स घर भएका यम बहादुर थापा ( अरुण ) कांग्रेस निकट तरुण दलको चौथो अधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन् ।

थापाको नाम खासै नौलो भने होइन । २०५४ सालमा माओबादीमा प्रवेश गरेका थापाले उपत्यकामा डन तह लगाउने र लागु औषधको कारोबारमा संलग्नहरुलाई उपत्यकाको इन्चार्ज भइ ठेगान लगाउने काम गरे । त्यसो त माओबादिमै लागे पनि उनले गरेको काम राज्यको लागि सर्हानियनै थियो ।

केहि समयपछि उनलाई बन्दुकको लाइसेन्स भएको तर गोलीको लाइसेन्स नभयको भन्दै प्रहरीले पक्राउ गर्यो र उनी हिरासतमा ३ महिना परे । राजनीतिमा लागेको मान्छे एकाएक जेल भित्रको चिसो छिंडीमा कोचिन पुगेपछि उनलाई लाग्यो अब मेरो राजनीति सकियो । तर उनले फेरी सोचे पार्टीले मलाइ अबश्य छुटाउने छ र राजनीतिमा फेरी फर्कने छु र माओबादीलाई नै फेरी सहयोग गर्नेछु। तर उनको आश र बिस्वास ३ महिनामा जेल भित्रनै चकनाचुर भयो । धरै प्रयास पछि पनि पार्टीले उनलाई एक आँखाले हेरेन मानौ उनलाई सौताने आमाको छोराको जस्तो ब्यबहार देखायो ।

त्यसपछि उनको मनमा थुप्रै कुराहरु खेल्न थाल्यो । अब पार्टी छोडौं वा साधारण जनताको जस्तो जिन्दगि बिताउ ? ढुङ्गा खोज्दा देबतानै मिलेको हुनुपर्छ, जेल भित्रनै उनको कांग्रेसको नेता खुम बहादुर संग भेट्ने अवसर मिल्यो र उनले सबै आफ्ना गुनासाहरु खड्कालाई सुनाय र उनले माओबादि पार्टी र प्रजातान्त्रिक पार्टी कांग्रेसको बारेमा धरै पाठ पढाय र अन्तत उनको जिन्दगीले मोड लियो । र नेपालि कांग्रेस पार्टीमा आबद्द हुने इच्छा खड्कालाई सुनाय ।

खड्काले पनि उनलाई सकेको सहयोग गरे र पार्टीमा छिर्ने ब्यबस्था मिलाउन चाँजो पाँजो मिलाए । करिब तिन महिनाको लामो जेल बसाइ पछि उनी जेल बाट मुक्त्त भय । जेल बाट बाहिरिने बित्तिकै ६०० जना जम्बो माओबादीको कार्यकर्ता सहित उनी नेपालि कांग्रेसको पार्टी कार्यलय पुगे र अन्तत तत्कालिन नेपालि कांग्रेसका स्व. सभापति सुशील कोइरालाले फुल माला लागाएयर पार्टी प्रवेश गराए ।

स्पष्ट बिचार निडर स्वभाबका थापा पार्टी प्रवेश लगत्तै तरुण दलको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भय । माओबादि द्वन्द बाट आएका नेता एकाएक प्रजातान्त्रिक पार्टीमा सहजै घुलमिल हुँदा को चकित हुँदैन र ? त्यसै गरि गाउँ कार्य समितिको पार्टी सभापति पनि हुन सफल भय । उनले आफ्नो कार्यकर्ता र र नागरिकको मन जित्द्दै गए भला माओबादि पार्टीमा लाग्दा अनविज्ञ बनेका थापा कांग्रेस प्रवेश गरेपछि राजनैतिक नैतिकता र आफ्नो कर्तब्य प्रति निकै नै दरो रुपमा प्रस्तुत भएका थिए ।

उनलाई निर्विरोध सभापतिमा निर्वाचित गराउन जिल्ला स्थित कांग्रेस नेतृत्वले प्रयास गरेको थियो । दुई दिनको प्रयास असफल भएपछि चुनावी प्रतिस्पर्धाबाट उनी भारी मतले बिजयी भएका हुन् । मेरो शरीरमा रहेको छर्राको दाग नमेटीयोस तर हिंजो सम्म तरुण दलमा लागेको दाग अब मेटाउनको लागि मलाइ साथीहरुले बिजय गराएका हुन् भन्दै अबको तरुण दलको राजनीति सक्रिय रुपमा अघि बढाउने जिकिर गरे ।

गोर्खा जिल्ला बाट  उपादक्ष्यमा आनन्द गुरुङ, सचिबमा चित्र प्रसाद भट्ट र कोसादक्ष्यमा प्रेम तामाङ्ग बिजयी भएका छन् ।